मोरङ क्याम्पसद्वारा पाँच सम्मानित

मोरङ क्याम्पसद्वारा पाँच सम्मानित

2023-07-17

मोरङ क्याम्पसद्वारा पाँच सम्मानित

१६ श्रावण २०८०, मंगलवार

विराटनगर : मोरङ क्याम्पस विराटनगरले आफ्नो ६९ औं स्थापना दिवसमा तीन प्राध्यापकसहित पाँच जनालाई सम्मानित गरेको छ ।

मंगलबार भएको कार्यक्रममा प्राध्यापकतर्फबाट यामनाथ पौडेल, डा शशितकुमार यादव र विजयहरि खतिवडा एवम् कर्मचारीतर्फ अनिल कर्ण र दामोदर कोइराला सम्मानित भएका छन् ।

उनीहरुलाई उत्कृष्ट कार्य गरेको भन्दै कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल सेवा आयोगका पूर्व अध्यक्ष प्राडा कृष्ण पोखरेल, क्याम्पस प्रमुख डा बाबुराम तिमल्सिना लगायतले सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै प्राडा पोखरेलले विश्वविद्यालयको पढाइमा गुणस्तर र सरकारद्वारा सहज रोजगारको व्यवस्था हुनु पर्नेमा जोड दिंदै पढाइ र राजगारी नेपालमै भए युवा विदेशिनु पर्ने अवस्था नहुने बताए ।

उनले मोरङ क्याम्पसमा नै आफूले पढेको र प्रारम्भिक कालमा प्राध्यापन पनि गरेकोले त्यसबेला वार्षिकोत्सव भव्य हुने गरेको स्मरण गराए ।

महेन्द्र मोरङ क्याम्पस २०१२ साउन १६ गते स्थापना भएको र सोही मितिको आधारमा विगत पाँच वर्षदेखि सो क्याम्पसले साउन १६ गते स्थापना दिवस मनाउँदै आएको छ ।https://udghoshdaily.com/?p=29937


Files

S.N Name Type Download
1 Dr. Shashit Kumar Yadav jpg
2 Vijayahari Khatiwada jpg
3 यामनाथ पौडेल jpg
4 Mr. Anil Karna jpg
5 Mr. Damodar Koirala jpg